Shikhar Insurance
National Life

आर्थिक समृद्धि हासिल गर्न राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्छः वरिष्ठ नेता पौडेल

सिंहदरबार संवाददाता
२०७९ माघ १६, सोमबार १२:०२
Hyundai
NCELL
NIMB

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषि, पर्यटन र जलस्रोतको विकासले मात्र मुलुक समृद्ध बन्ने बताएका छन् ।

शहीद दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाद्वारा आयोजित ‘अल्ट्रा म्याराथन’को शुभारम्भ गर्दै उनले भने, आर्थिक समृद्धि हासिल गर्न राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्छ । “ राष्ट्रको उन्नति र समृद्धिका लागि राष्ट्रिय एकताको खाँचो छ, वरिष्ठ नेता पौडेलले भने, “राष्ट्रिय एकताको कुरा गर्दा कसैलाई मेरो भाग खोसिन लाग्यो की भन्ने लागेको छ तर त्यस्तो होइन ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

गाउँका जनतालाई गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्नुपर्ने जनाउँदै वरिष्ठ नेता पौडेलले पर्यटन प्रवर्द्धनबाट त्यो सम्भव रहेको बताए।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ र जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले म्याराथनले दुई ऐतिहासिक गाउँ जोड्ने प्रयास गरेको बताए ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदको माध्यमबाट पर्यटन प्रबर्द्धन गर्ने उद्देश्य राखिएको बताए । व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमि दूरीको म्याराथनमा ५७ धावकको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ६१ हजार रुपैयाँ, द्वितीय हुनेलाई ५१ हजार रुपैयाँ, तृतीय हुनेलाई ३८ हजार रुपैयाँ र सान्त्वना हुने तीन जनालाई जनही १२ हजार पाँच सय रुपैयाँ प्रदान गरिनेछ ।

म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर समाप्त हुनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्