Shikhar Insurance
National Life

रबि लामिछानेको सांसद पद खारेज, गृहमन्त्री पद पनि गयो

सिंहदरबार संवाददाता
२०७९ माघ १३, शुक्रबार १७:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेको सांसद पद खारेज गरेको छ । सर्वाेच्च अदालतका न्यायाधिशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर प्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र अनिल कुमार सिन्हाको को संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको हो ।

गृहमन्त्री समेत रहेका लामिछानेले गत मंसिर ४ गतेको निर्वाचनमा चितवन–२ बाट प्रतिनिधी सभा सदस्यमा चुनाव जितेका थिए । उनले नेपालको नागरिकता त्यागेर अमेरिकी नागरिक ग्रहण गरेको र अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पुरा नगरेको भन्दै सर्वाेच्चले उनको सांसद पद खारेज गरिदिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेकाले तत्काल जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा गएर नेपाली नागरिकताको प्रमाणपत्र लिने बाटो भने खुला छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्