Shikhar Insurance
National Life

टरिगाउँमा रहेको निजी विमान कम्पनी सीता एयरले परीक्षण उडान भर्दै

सिंहदरबार संवाददाता
२०७९ माघ १३, शुक्रबार १२:४०
Hyundai
NCELL
NIMB

तुलसीपुर । दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमान कम्पनी सीता एयरले उडान भर्ने भएको छ । त्यसका लागि सीता एयरले माघ १३ गते शुक्रबार परीक्षण उडान गर्दैछ ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार दिउँसो १ बजे सीता एयरको विमानले परीक्षण उडान भर्ने तय भएको छ । “निजी विमान कम्पनीले उडान सुरु गरेपछि भाडा सस्तो हुने हाम्रो अपेक्षा छ”, उनले भने । लामो समयको प्रयासमा निजी विमान कम्पनी उडान भर्न तयार भएको हो । धावनमार्ग विस्तार गरी ठूला जहाजले उडान भर्न मिल्ने बनाउन लागिएको चौधरीको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तुलसीपुर उपमहानगरपालिकाले चौधरीको नेतृत्वमा समिति बनाएर विमानस्थल विस्तारका लागि काम अघि बढाएको छ । हाल नेपाल वायु सेवा निगमले विमानले हप्तामा चार दिन तुलसीपुरमा उडान भर्दैआएको छ । आइबार, मङ्गलबार, बिहीबार र शनिबार उडान हुने गरेको छ ।

टरिगाउँमा इन्धन डिपो पनि सञ्चालनमा आएको छ । हाल दाङबाट काठमाडौंको न्यूनतम भाडा ८ हजार ८ सय १० रुपैयाँ तथा काठमाडौंबाट दाङको भाडा न्यूनतम ९ हजार रुपैयाँ र अधिकतम १२ हजार रुपैयाँ रहेको छ । हाल कायम रहेको ७ सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग विस्तार गर्ने योजना छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्