Shikhar Insurance
National Life

बिपिडब्लु लघुवित्तले सर्वसाधारण र एनआरएनको लागि माघ २२ गतेदेखि आइपीओ बिक्री खुला गर्दै

सिंहदरबार संवाददाता
२०७९ माघ १३, शुक्रबार ०९:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । बिपिडब्लु लघुवित्तले साधारण सेयर (आइपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । संस्थाले वैदेशिक रोजगारीमा गएका नेपाली र सर्वधारणको लागि माघ २२ गतेदेखि बिक्री खुला गर्न लागेको हो ।

संस्थाले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन तथा बिक्री गर्ने अनुमति पाएको थियो । प्रतिकित १०० रुपैयाँ अंकित मूल्यमा ९७ हजार कित्ता आइपीओ निष्काशन तथा बिक्री गर्ने समय तोकिएको हो ।
जसमध्ये ९ हजार ७०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई र १ हजार ५०० कित्ता कर्मचारीहरु, ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी ८० हजार ९५० कित्ता आइपीओमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संस्थाको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले माघ २२ गतेदेखि फागुन ८ गतेसम्म र सर्वसाधारणले फागुन १८ गतेदेखि २३ गतेसम्म आवेदन दिन न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। संस्थाको आइपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ । भने, इच्छुक लगानीकर्ताले बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो सेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्