Shikhar Insurance
National Life

सुपरमाई हाइड्रोपावरले माघ २३ गतेदेखि आइपीओ बिक्री खुला गर्दै

सिंहदरबार संवाददाता
२०७९ माघ १३, शुक्रबार ०९:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । माघ २३ गतेदेखि सुपरमाई हाइड्रोपावरको साधारण सेयर (आइपीओ) निष्काशन तथा बिक्री खुला हुने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशीक रोजगारीमा हुने नेपालीका लागि आइपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीको आईपीओमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन ८ गतेसम्म लम्बिनेछ कम्पनीले जनाएको छ ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी २ प्रतिशत अर्थात १० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ४ लाख १५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको आइपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले धितो पत्र बोर्डबाट आस्बा सदस्य लिएका बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्