Shikhar Insurance
National Life

लघुवित्त बैंकर्स संघद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न, कर्जाको सही सदुपयोग नै समस्याकाे समाधान

सिंहदरबार संवाददाता
२०७९ माघ १३, शुक्रबार ०९:०४
Hyundai
NCELL
NIMB

धादिङ । नेपाल लघुवित्त बैंकर्स संघले धादिङको धादिङवेशीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संघले देशका ७७वटै जिल्लामा वित्तीय सारक्षता कार्यक्रम गर्ने योजना अनुरुप दादिङ वेशी विभिन्न लघुवित्त संस्थाहरुमा आवद्धकरिव ३०० जना महिलाहरुको उपस्थितीमा माघ १२ गते धादिङमा रहेको क्रिक रिसोर्टमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम लघुवित्त वैकर्स संघका महासचिव रामवहादुर यादवको सभापतित्व तथा धादिङ क्षेत्र नं. २ का संघिय सासंद माननिय रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा प्रमुख अतिथि रामनाथअधिकारीले लघुवित्त संस्थाहरुले महिला दिदी बहिनीहरुलाई परनिर्भरताबाट छुटकारा दिएको र गाँउगाँउमा गई महिला दिदीवहिनीहरुलाई समुहमाआवद्ध गराई कार्यक्रम सन्चालन गर्ने भएकाले यसको उदेश्य राम्रो भएको बताए । साथै उनले कर्जा लिई सके पछि तिर्नै पर्ने र कुनै पनि सरकार वा निकायले मिनाहा गर्न नसक्ने व्यहोरा समेत स्पष्ट पारेका थिए ।

यसैगरी, कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स संघका महासचिव रामवहादुर यादवले लघुवित्तको उदेश्य पवित्र रहेको बताउँदै कहीकतै सुधार गर्नुपर्ने भए छलफलगरि सुधार गर्न तयार रहेको बताए । देशको अर्थतन्त्रमा ठुलो योगदान दिएको लघुवित्त क्षेत्रलाई सबै मिलेर अगाडी बढाउनु पर्ने आवश्यकता रहेको उनको भनाइ थियो । लघुवित्तका माध्यमले उद्यमशिलता विकाश गरी विदेशमा रहेका दाजुभाईलाई पनि नेपालमै रोजगारीको अवसर प्रदान गरी भित्राउनु पर्नेमा उनले जोड दिए ।

उक्त कार्यक्रममा लघुवित्त संघर्ष समितीका महासचिव प्रेम वि.क.ले लघुवित्तमा केही समस्या रहेको र त्यही सुधार गर्नका १२ बुँदे सम्झौता गरेको जानकारी दिए । उनले १२ बुँदे सहमति पनि महिला दिदी बहिनीहरुको हकहितमा रहेकोले त्यसलाई अक्षरस पालना गर्नुपर्ने भन्ने कुरामा जोड दिए । हाल देखिएको समस्याको समाधान सडकबाट नभई सम्वाद र छलफलवाट समाधान गर्नु पर्ने उनको भनाइ थियो ।

उक्त कार्यक्रममा केही दिदी बहिनीहरुले आफना सफलताका कथा सुनाएका थिए । लघुवित्तले महिलालार्ई विश्वास गर्नाले नै व्यापार व्यवसाय तथा उद्यम गर्न महिलाहरु सफल भई जिवनमा परिवर्तन आएको उनीहरुको भनाई थियो ।

उक्त कार्यक्रममा वित्तीय साक्षरताअन्तर्गत कर्जाको सही सदुपयोगीता तथा व्यवस्थापन, बहु–वैकिङबाट परेको असर र सोको उपाय, लघु उद्यमविकास तालिम, ग्राहकको जेहेन्दार बालवच्चालाई छात्र वृति प्रदान, उत्पादन वृद्धिका लागि प्राविधिक सहयोग तथा बजार व्यवस्थापन, समुहलाई सुदृढ वनाउनु पर्ने, कर्जा अनुशासन, सामाजिक कृयाकलाप, ग्राहकको हक हितका लागि थप सेवा सुविधाका लागि सुझाव सल्लाह र समग्र रुपमा लघुवित्त क्षेत्रलाई आर्थिक तथा सामाजिक रुपान्तरणकालागी सुदृढ वनाउनु पर्ने विषयमा छलफल भएको थियो ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्