Shikhar Insurance
National Life

रिलायबल लाइफ इन्स्योरेन्स पनि क्युआर पेमेन्ट सिस्टममा

सिंहदरबार संवाददाता
२०७९ माघ १२, बिहीबार १७:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले इसेवा सँगको सहकार्यमा डाइनामिक क्युआर पेमेन्ट प्रणाली संचालनमा ल्याएको छ । यो सेवा सुचारुका साथै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले डाइनामिक क्युआर पेमेन्ट प्रणाली सेवा उपलब्ध गराउने नेपालकै दोस्रो जीवन बीमा कम्पनी बनेको छ । अब रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका देशै भरिका शाखा तथा उपशाखाहरू बाट डाइनामिक क्युआर पेमेन्ट प्रणालीको माध्यमबाट भुक्तानी गर्न सकिने छ ।

आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज र सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्न डाइनामिक क्युआर पेमेन्ट प्रणाली को माध्यमबाट ६० भन्दा बढी बैङ्क, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिने छ । हरेक ग्राहकको लागि फरक फरक क्युआर बन्ने र भुक्तानी गर्नसाथ आफै सिस्टममा अपडेट हुने यसको विशेषता रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्