Shikhar Insurance
National Life

बैंकहरुका कारण प्रेम आचार्यसहित आधा दर्जन बढी व्यवसायीले आत्म हत्या गरेः श्रेष्ठ

सिंहदरबार संवाददाता
२०७९ माघ १२, बिहीबार १७:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग बाणिज्य संघ काठमाडौंले बैंकहरुका कारण आधा दर्जन भन्दा बढी व्यवासयीहरुले आत्महत्या गरेको आरोप लगाएको छ । नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठले बिहिबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै बैंकहरुको ब्याजदर आतंकका कारण युवा उद्यमी प्रेम प्रसाद आचार्यले आत्महत्या गरेको आरोप लगाएका हुन् ।

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका श्रेष्ठले बिराटनगरका व्यवसायी मोहन निरौलाले समेत बैंक ब्याजदरकै कारण आत्महत्या गरेको दावी गरेका हुन् । केहि महिनादेखि इलेक्ट्रिक व्यवसायी, लाहानका व्यवसायी, पर्सा र नेपालगञ्जमा समेत ब्याजदरका कारण आत्महत्याको घट्ना घटेको आरोेप संघले लगाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संघले लाखौं नागरिकको निक्षेपका आधारमा चल्ने बैंकहरुले तिनै नागरिकलाई ऋण दिँदा भने चर्काे ब्याज असुलेको दावी गरेको छ । बैंक पनि व्यवसाय नै नभएकाले कुनै समयमा जोखिममा पर्दा डराउनु नहुने तर व्यवसायीलाई चर्काे ब्याज असुलेर आत्महत्या गर्न बाध्य पर्न नहुने संघले बताएको छ । सरकार र निजी क्षेत्र तथा बैंकहरुले छलफल गरेर अहिलेको समस्याको समाधान गर्नुपर्नेमा संघले जोड दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्