Shikhar Insurance
National Life

०.३५ अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्बमा सिमित

सिंहदरबार संवाददाता
२०७९ माघ १२, बिहीबार १५:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक सूस्म अंकले घटेर बन्द भएको छ । अअिल्लो दिन अर्थात बुधबार १०.३७ अंकले बढेर बन्द भएको नेप्से बिहिबार भने ०.३५ अंकले घटेर बन्द भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहिबार ०.३५ अंकले घटेर २,१८३.२७ को विन्दुमा बन्द भएको छ । त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.११ अंकले घटेर ४१३.१३ को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दिनभरीमा २५४ कम्पनीको ७७ लाख ६४ हजार १५३ कित्ता सेयर २ अर्ब ८६ करोड ८२ हजार रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो दिन अर्थात बुधबार १०.३७ अंकले नेप्से बढ्दा ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

बुधबार कारोबारमा आएको १०१ कम्पनीको सेयर मूल्य बढेको छ । १०७ कम्पनीको सेयर मूल्य घटेको छ । भने, ५ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स, आर्दश लघुवित्त वित्तीय संस्था र बाराही हाइडोपावर कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

कारोबार रकमको आधारमा समृद्धि फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९ करोड ७० लाख ९५ हजार, रिडी पावरको ८ करोड ६१ लाख ६४, आँखु खोला जलविद्युत कम्पनीको ७ करोड ३८ लाख ६८ हजार, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ६७ लाख ६७ हजार र अपि पावर कम्पनीको ६ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्