Shikhar Insurance
National Life

सुनको मूल्य नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

सिंहदरबार संवाददाता
२०७९ माघ १२, बिहीबार ११:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । सुनचाँदी बजारमा बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत मंगलबार हालसम्मकै उच्च मूल्य कायम भएको सुनले उक्त मूल्यको रेकर्ड तोड्दै बिहीबार नयाँ इतिहास कायम गरेको छ ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाली बजारमा कायम भएको सुनको हालसम्मकै उच्च मूल्य हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको थियो । तर, बुधबार प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ६ हजार २ सय रुपैयाँ खरिदबिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार बिहिबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँ छ । तेजावी सुनको मूल्य अघिल्लो दिन १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बिहिबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३८० पुगेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले यहाँको बजारमा त्यसको प्रभाव परेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको भनाइ छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक नेपालमा सुनचाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्