Shikhar Insurance
National Life

घरेलु कार्यालय तनहुँद्वारा एक वर्षको अवधिमा १६२ फार्म खारेज

सिंहदरबार संवाददाता
२०७९ माघ १२, बिहीबार १२:३१
Hyundai
NCELL
NIMB

दमौली । घरेलु तथा साना उद्योग कार्यालय तनहुँले एक वर्षको अवधिमा १ सय ६२ फार्म खारेजी गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा सञ्चालित उक्त फार्म खारेज भएका हुन् ।

सञ्चालनमा नरहेका र खारेज गर्न निवेदन दिएपछि कार्यालयले ती फार्म खारेजी गरेको कार्यालयका कम्प्युटर अप्रेटर रवि अधिकारीले बताए । कार्यालयका अनुसार गत साउनमा १२, भदौमा १६, असोजमा १७, कात्तिकमा १३, मङ्सिरमा ११, पुसमा १७, माघमा १२, फागुनमा १०, चैतमा सात, वैशाखमा दुई, जेठमा १७ र असारमा २८ फार्म खारेजीमा परेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोही अवधिमा जिल्लामा ५ सय ७९ उद्योग दर्ता भएका छन् । उक्त अवधिमा उत्पादनमूलक ४७, कृषि तथा वन पैदावरमा आधारित ३ सय २०, खनिजतर्फ एक, पर्यटनतर्फ एक, सेवातर्फ १ सय तीन र पूर्वाधारतर्फ तीन उद्योग थपिएको कार्यालयले जनाएको छ । थपिएका उद्योगमध्ये घरेलुतर्फ ३३ र साना उद्योगतर्फ ५ सय ४६ छन् ।

कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता वृद्धि भएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवा पशुपालनतर्फ आकर्षित भएका छन् । कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ ।

तनहुँमा थपिएका उद्योगको कूल पुँजी ६३ करोड ५२ लाख ५ सय ४२ हजार रुपैयाँ रहेको कार्यालयले जनाएको छ । ती उद्योगको वार्षिक उत्पादन क्षमता १ अर्ब ७१ करोड ८७ लाख ५० हजार रुपैयाँ रहेको छ ।

थपिएका उद्योगमा एक हजार ३५ ले रोजगारी पाएका छन् । त्यसमध्ये ५ सय ३४ महिला र ५ सय एक पुरुष छन् । उद्योगमा ८ सय ९ उद्यमी छन् । उद्योग दर्ताबापत २४ लाख ३ हजार ४ सय राजस्व सङ्कलन भएको छ ।

सोही अवधिमा ३ सय ९६ उद्योग नवीकरण भएका छन् भने ५४ उद्योगले नामसारी/नाम परिवर्तन गरेका छन् । चार उद्योगले ठाउँसारी गरेका छन् भने ७७ उद्योगले उद्देश्य थप गरेका छन् । त्यस्तै ६७ उद्योग पुँजी वृद्धि गरेको कार्यालयले जनाएको छ ।

गत आव २०७७/७८ मा जिल्लामा दुई हजार एक उद्योग दर्ता भएका थिए । उक्त आर्थिक वर्ष दर्ता भएका उद्योगमा २ अर्ब ७० करोड ९० लाख रुपैयाँ लगानी भएको थियो ।

त्यस्तै आव २०७६/७७ मा जिल्लामा ३ हजार ५ सय १५ उद्योग थपिएका थिए । ती उद्योगमा १ अर्ब ८९ करोड ५२ लाख ६० हजार ६ सय ५९ लगानी भएको थियो । १ लाख रुपैयाँसम्म पुँजी भएको उद्योगले १ हजार १ सय, तीन लाखसम्म पुँजी भएको उद्योगले ३ हजार एक सय, ५ लाखसम्म पुँजी भएको उद्योगले ६ हजार एक सय, ५० लाखसम्म पुँजी भएको उद्योगले १२ हजार एक सय, १ करोडसम्म पुँजी भएको उद्योगले २० हजार एक सय, ५ करोडसम्म पुँजी भएको उद्योगले ३० हजार एक सय र ५ करोड भन्दामाथि पुँजी भएको उद्योगले ५० हजार एक सय १० दर्ताबापत शुल्क बुझाउनुपर्छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्