Shikhar Insurance
National Life

१० अंकले बढ्यो नेप्से, दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

सिंहदरबार संवाददाता
२०७९ माघ ११, बुधबार १५:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार बढेको छ । अघिल्लो दिन अर्थात् मंगलबार पनि ८ अंकले बढेर बन्द भएको नेप्से परिसूचक बुधबार कारोबारको  दिन पनि बढेको हो ।

बुधबार नेप्से परिसूचक १०.३७ अंकले बढेर २,१८३.६२ को विन्दुमा बन्द भएको छ । त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स भने १.३० अंकले घटेर ४१४.२४ को विन्दुमा झरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दिनभरीमा २६१ कम्पनीको ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो दिन अर्थात् मंगलबार परिसूचक ८.१४ अंकले बढ्दा ३ अर्ब ३२ लाख रुपैयाँमा ३० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

बुधबार कारोबारमा आएको १५९ कम्पनीको सेयर मूल्य बढेको छ । ४६ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार बुधबार ग्रीन लाइफ हाइड्रोपावर कम्पनी र आर्दश लघुवित्तको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । सानिमा जीआईसी र सूर्यज्योति लाईफ यन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । साथै, बलेफी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

बुधबारको कारोबारमा आरबीबी म्युचुअल फण्ड १ को  लगानीकर्ताहरुले सबैभन्दा बढी ५।७० प्रतिशत  मुल्य गुमाएको छ ।

कारोबार रकमको आधारमा नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १० करोड १४ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरी, हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ९ करोड २१ लाख ६ हजार, ग्रीन लाइफ हाइड्रोपावरको ८ करोड ३६ लाख ७५ हजार, अपर तामाकोशी हाइड्रोपावरको ६ करोड ९७ लाख ३४ हजार र शिवम् सिमेन्टको ६ करोड ७० लाख ३० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भई शीर्ष पाँच भित्र रहेको छ ।

होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.६५ प्रतिशतले बढेको छ ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्