Shikhar Insurance
National Life

कामपामा बुझाउनु पर्ने सम्पुर्ण कर अब एनआइसी एशिया बैंकको अनलाइन पेमेन्ट सिस्टमबाटै

सफ्टवेयर एकीकृत गरिँदै
सिंहदरबार संवाददाता
२०७९ माघ ११, बुधबार ११:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआइसी एशिया बैंकसँग काठमाडौं महानगर पालिकाले आफ्नो सफ्टवेयर एकीकृत गर्ने भएको छ । कामपाले राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउने उद्देश्यले आफ्नो राजस्व सफ्टवेयरसँग बैंकको सफ्टवेयर परीक्षणका लागि एकीकृत गरेको हो ।

काठमाडौं महानगरपालिकाको वडा नं ५ बाट सुरु गरिएको सफ्टवेयर परीक्षण कार्य प्रभावकारी भए ३२ वटै वडामा सेवा विस्तार गर्ने काठमाडौं महानगरपालिका राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले जानकारी दिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘सफ्टवेयर एकीकृत गरेपछि सेवाग्राहीले राजस्व, शुल्क तथा दस्तुर तिर्दा बैंक भौचर भरिरहनु पर्दैन, वडाको लेखाशाखामा विवरण भरेपछि सोही विवरणका आधारमा बैंक भौचर सिर्जना हुन्छ र बैंकमा अनलाइन पेमेन्ट सिस्टमबाट पैसा तिर्न सकिन्छ,’-उनले भने ।

सम्पत्ति कर, घरबहाल कर, व्यवसाय कर, विज्ञापन कर, मनोरञ्जन कर, भूमिकर, मूल्य अभिवृद्धि कर र सवारीसाधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको छ । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा लक्ष्यको ४१ प्रतिशत राजस्व असुल गरिसकेको छ ।

चालु आवका लागिकाठमाडौं महानगरपालिकाले १० अर्ब ३९ करोड रुपैयाँ राजस्व असुल गर्ने लक्ष्य लिएकामा हालसम्म ४ अर्ब ३४ करोड रुपैयाँ असुल गरिसकेको छ । गत वर्षको तुलनामा सोही अवधिमा यस वर्ष १ करोड रुपैयाँ बढी राजस्व असुल भएको कामपा राजस्व विभाग प्रमुख डा अधिकारी बताउँछन् ।

विगतको वर्षमा कोरोनाका कारण राजस्व असुलीमा केही समस्या आएपनि यस वर्ष हालकै अवस्थामा राजस्व असुल भए लक्ष्यमा पुग्न कुनै समस्या नहुने डा अधिकारीको भनाइ छ ।

यस वर्ष काठमाडौं महानगरपालिकाका लागि बाह्य अनुदान रकम कम छ । आन्तरिक राजस्व असुलमा खासै समस्या नभएको विभागले जनाएको छ । पछिल्लो समय कमपाले राजस्व सङ्कलनका लागि थप कडाइ गरेसँगै लामो समयदेखि उठ्न नसकेको वक्यौता रकम असुलउपर गर्न सहज भएको बताइएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्