काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेशनल माइक्रोफाइनान्स लघुवित वित्तिय सस्थाको सेयर कारोबार रोक्का गरेको छ । कम्पनीले सेयर कारोबार भइरहेको समयमा लाभांश दिने घोषणा गरेको जानकारी गराएपछि नेप्सेले कारोबार रोक्का गरेर स्पष्टिकरण सोधेको हो ।
नेशनल माइक्रोफाइनान्सले माघ ९ गते सोमबार बिहान ९ः०० बजे सञ्चालक समितिको बैठक बसी लाभांश दिने निर्णय गरेको थियो । तर लाभांश सम्बन्धी निर्णयको जानकारी भने दोस्रो बजारमा कारोबार खुल्ला भइसकेपछि ११ः०४ बजे मात्र नेप्से दर्ता नं. ३३१२ मार्फत नेप्सेलाई जानकारी गराएको हो ।
नेप्सेले सेयर कारोबार रोक्का गर्दै ३ दिनभित्र के कति कारणबाट समयमानै जानकारी दिन नसकेको हो, सो सम्बन्धमा स्पष्टीकरण पेश गर्नसमेत नेशनल माइक्रोफाइनान्सलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्