Shikhar Insurance
National Life

शाइन रेसुङ्गाको नाफा २३.५२ प्रतिशतले बढ्यो, यस्ता छन् चम्किला अरु सूचक

सिंहदरबार संवाददाता
२०७९ माघ ८, आईतवार १३:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको चालु आर्थिक वर्षको ६ महिनामा ४२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकले एक वर्षको अवधीमा आफ्नो नाफा २३.५२ प्रतिशतले वृद्धि गरेको हो ।

शाइन रेसुङ्गाले पुस मसान्त अवधीसम्ममा ४९ अर्ब निक्षेप संकलन गरेर ४० अर्ब रुपैयाँ कर्जा लगानी गरि एक अर्ब ५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । बैंकले गत आवको सोही अवधीमा ४३ अर्ब निक्षेप संकलन गरेर ३४ अर्ब कर्जा लगानी गरि ८० करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

४ अर्ब २८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ४३ करोड रुपैयाँ रहेको छ । बैंकको वितरण योग्य नाफा १० करोड रुपैयाँ रहेको छ । शाइन रेसुङ्गाको खराब कर्जा १.३१ प्रतिशत रहँदा आधार ब्याजदर १२.७९ र स्प्रेड दर ४.९० प्रतिशत छ । बैंकको सीडी रेसियो भने ८६.०८ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी २०.०६ रुपैयाँ र प्रति सेयर नेटवर्थ १३६.२१ रुपैयाँ रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्