Shikhar Insurance
National Life

गरिमा विकास बैंकको नाफा ५० करोड, अरु सूचक कस्ता ?

सिंहदरबार संवाददाता
२०७९ माघ ८, आईतवार ११:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । गरिमा विकास बैंकको नाफा ५० करोड रुपैयाँ पुगेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५० करोड रुपैयाँ नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको सोही अवधीमा बैंकको नाफा ४९ करोड रुपैयाँ थियो । गरिमाले पुस मसान्त अवधीमा २१ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको देखिन्छ ।

दोश्रो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार गरिमाले ७१ अर्ब निक्षेप संकलन गरेर ५९ अर्ब रुपैयाँ कर्जा लगानी गरि एक अर्ब ५७ करोेड रुपैयाँ ब्याज आम्दानी गरेको छ । बैंकको सीडी रेसियो भने ८६.४१ प्रतिशत कायम छ । ५ अर्ब १८ करोड चुक्ता पुँजी रहेको गरिमाको रिजर्भमा एक अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

१९.३६ रुपैयाँ प्रति सेयर आम्दानी रहेको बैंकको प्रति सेयर नेटवर्थ १३५.९८ रुपैयाँ छ । ४.८९ प्रतिशत स्प्रेड रहेको बैंकको आधार ब्याजदर १२.८३ प्रतिशत रहेको छ । गरिमाको खराब कर्जा १.८९ प्रतिशत छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्