Shikhar Insurance
National Life

एनएमबि बैंकले ६ महिनामै कमायो १ अर्ब ९० करोड खुद नाफा, अन्य सुचांक कस्ता?

सिंहदरबार संवाददाता
२०७९ माघ ७, शनिबार १२:५२
Hyundai
NCELL
NIMB

काठमाडौ । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ११.११ प्रतिशत बढी हो । गत आवको पुस मसान्तसम्म बैंैकले १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको अपरिष्कृत वित्तीय वित्तीय विवरण अनुसार सो अवधिमा बैंकको वितरण योग्य मुनाफा भने ६३ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

सो अवधिमा बैंकले १ खर्ब ९२ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८३ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ४ अर्ब २६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । गत आवमा बैंकले २ अर्ब ७१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै बैंकले चालु आवको दोस्रो त्रैमासमा ४ अर्ब ७७ करोड रुपैयाँ खुद संचालन मुनाफा आर्जन गरेको छ । सो वधिमा बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ, रिटर्न अर्निङमा १ अर्ब २३ करोड रुपैयाँ र रिर्जभमा ७ अर्ब ७ करोड रुपैयाँ मौज्दात रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु आवको पुस मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७० पैसा, नेटवर्थ प्रतिसेयर १ सय ४८ रुपैयाँ १० पैसा, प्रतिसेयर सम्पती १ हजार ३ सय ५७ रुपैयाँ ५२ पैसा रहेको छ । साथै, सो अवधिमा बैंकको खराब कर्जा अनुपात २.२४ प्रतिशत, कर्जा निक्षेप अनुपात ८७.२७ प्रतिशत बेसरेट १०.६८ र स्प्रेडरेड ४.१९ प्रतिशत कायम छ ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्