Shikhar Insurance
National Life

एभरेष्ट बैंकको नाफा ९०.३६ प्रतिशतले बढ्यो, अरु सूचक कस्ता ?

सिंहदरबार संवाददाता
२०७९ माघ ७, शनिबार १२:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट बैंकको नाफा ९०.३६ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा आफ्नो नाफा भारी मात्रामा वृद्धि गरेर एक अर्ब ५८ करोड पुर्याएको हो । गत पुस मसान्तमा बैंकको नाफा जम्मा ८३ करोड रुपैयाँ मात्रै थियो ।

बैंकले पुस मसान्त अवधीमा वितरण योग्य नाफा २ अर्ब ८४ करोड रुपैयाँ आर्जन गरेको छ । १० अर्ब ६९ करोड चुक्ता पुँजी रहेको बैंकको रिभर्जमा ९ अर्ब ९० करोड रुपैयाँ रहेको छ । बैंकले यस अवधीमा एक खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ५७ अर्ब रुपैयाँ कर्जा लगानी गरि ३ अर्ब ६७ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले गत आवको सोही अवधीमा एक खर्ब ७२ अर्ब निक्षेप संकलन गरेर एक खर्ब ४५ अर्ब ऋण लगानी गरि २ अर्ब १२ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

बैंकको प्रति सेयर आम्दानी २९.६९ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ २२१.३९ रुपैयाँ रहेको छ । बैंकको स्प्रेड दर ४.३८ प्रतिशत रहँदा आधार ब्याजदर ९.९७ प्रतिशत छ । बैंकको सीडी रेसियो ८६.९९ प्रतिशत छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्