Shikhar Insurance
National Life

‘नम्बर वान’ दौडको ग्लोबल आइएमईको नाफा २ अर्ब ७८ करोड, यस्ता छन् अरु सूचक

सिंहदरबार संवाददाता
२०७९ माघ ७, शनिबार ११:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । नम्बर वान बैंक बन्ने दौडमा रहेको ग्लोबल आइएमईले चालु आर्थिक वर्षको पुस मसान्त अवधीसम्ममा २ अर्ब ७८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधीमा २ अर्ब ६६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

ग्लोबलले चालु आवको ६ महिनामा एक अर्ब ११ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । ३५ अर्ब ७७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकका रिजर्भमा १८ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंक अफ काठमाण्डूसँग मर्जर गरेको ग्लोबलले ४ खर्ब ३ अर्ब निक्षेप संकलन गरेर ३ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा लगानी गरि ६ अर्ब ५४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । १८.०७ रुपैयाँ प्रति सेयर रहेको बैंकको प्रति सेयर नेटवर्थ १५४.३४ रुपैयाँ रहेको छ ।

२.९२ प्रतिशत खराब कर्जा रहेको ग्लोबलको सीडी रेसियो ८९.४३ प्रतिशत छ । १०.८० प्रतिशत आधार ब्याजदर रहेको बैंकको स्प्रेड भने ४.३८ प्रतिशत रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्