Shikhar Insurance
National Life

‘अर्थपूर्ण मर्जर’का लागि पार्टनर खोजिरहेको माछापुच्छ्रे बैंकले कति कमायो ६ महिनामा

सिंहदरबार संवाददाता
२०७९ माघ ७, शनिबार ११:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा एक अर्ब २ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले एक अर्ब १ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा भने एक अर्ब ५ करोड रुपैयाँ रहेको छ ।

बैंकले पुस मसान्त अवधीसम्ममा एक खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गर्दा २ अर्ब २९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत पुस मसान्तसम्ममा बैंकले एक खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप उठाएर एक खर्ब २८ अर्ब कर्जा लगानी गर्दा २ अर्ब २४ करोड रुपैयाँ रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

१० अर्ब २५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ४ अर्ब १३ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी १९.९९ रुपैयाँ रहेको छ । आधार ब्याजदर ११.२३ प्रतिशत रहँदा स्प्रेड दर ४.२५ छ । बैंकको सीडी रेसियो ८५.१८ रहेको छ ।

सानिमा र सिटिजन्स बैंकसँग अर्थपूर्ण मर्जरका लागि छलफल गरिरहेको माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षमा लाभांश वितरण गर्न पाएको छैन् । आगामी आर्थिक वर्षमा भने बैंकले उच्च दरको लाभांश दिन सक्ने देखिन्छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्