Shikhar Insurance
National Life

सेञ्चुरीलाई प्राप्ति गरेको प्रभु बैंकको यस्तो देखियो ६ महिनाको रिपोर्ट

सिंहदरबार संवाददाता
२०७९ माघ ७, शनिबार १०:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । मर्जर किङका रुपमा स्थापित प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा एक अर्ब १९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपछि प्रकाशित प्रभुको अपरिस्कृत वित्तिय विवरण अनुसार बैंकले निक्षेप संकलन र कर्जा विस्तारमा ठूलो छलाङ मारेको छ ।

बैंकले २ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको पुस मसान्तमा बैंकको त्यस्तो निक्षेप एक खर्ब ७८ अर्ब थियो भने कर्जा एक खर्ब ४५ अर्ब रुपैयाँ थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले चालु आवको पुस मसान्त अवधीमा ३ अर्ब ३९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तो आम्दानी गत पुस मसान्तमा २ अर्ब ८२ करोड रुपैयाँ थियो । प्रभुको वितरण योग्य नाफा ३६ करोड रुपैयाँ रहेको छ ।

२३ अर्ब ५४ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ । प्रभुको प्रति सेयर आम्दानी १०.१९ छ । बैंकको आधार ब्याजदर ११.४४ प्रतिशत रहँदा स्प्रेड दर भने ४.३४ प्रतिशत कायम छ । खराब कर्जा १.९८ प्रतिशत रहेको बैंकको सीडी रेसियो ८८.३० रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्