Shikhar Insurance
National Life

उच्च प्रतिफल दिँदै आएको नबिलले ६ महिनामै कमायो ३ अर्ब ४१ करोड नाफा

सिंहदरबार संवाददाता
२०७९ माघ ७, शनिबार ०९:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिलको नाफा एक अर्ब १३ करोडले बढेको छ । हरेक वर्ष सेयरधनीहरुलाई उच्च लाभांश दिँदै आएको नबिल बैंकले आफ्नो नाफा ५६.४२ प्रतिशतले वृद्धि गर्न सफल भएको हो । गत आर्थिक वर्षको पुस मसान्त अवधीमा २ अर्ब १८ करोड रुपैयाँ नाफा आर्जन गरेको नबिलले यसपाली पुस मसान्त अवधीमा त्यस्तो नाफा ३ अर्ब ४१ करोड रुपैयाँ पुर्याएको हो ।

ब्याज आम्दानीमा ह्वात्तै बढोत्तरी हुँदा नबिलको नाफामा उछाल आएको हो । नबिलले गत आवको पुस मसान्त अवधीमा ४ अर्ब २१ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो तर यसपाली सोही अवधीमा त्यस्तो आम्दानी ७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । बैंकले आफ्नो ब्याज आम्दानी ८५.९८ प्रतिशतले वृद्धि गर्न सफल भएको देखिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नबिलले ३ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । नबिलको सीडी रेसियो ८८.९१प्रतिशत कायम छ । २७ अर्ब ५ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा २५ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

नबिलको वितरण योग्य नाफा भने ९७ करोड रुपैयाँ मात्रै छ । नबिलको आधार ब्याजदर १०.१० प्रतिशत रहँदा स्प्रेड दर ४.४८ प्रतिशत छ । प्रति सेयर आम्दानी २५.३३ रहेको बैंकको प्रति सेयर नेटवर्थ भने १९९.१२ रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्