Shikhar Insurance
National Life

अस्पतालको विल भुक्तानीमा समेत अब कृषि विकास बैंकको क्यूआर कोड

सिंहदरबार संवाददाता
२०७९ माघ ६, शुक्रबार १८:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोवारमा विगतदेखि जोड दिँदै आइरहेको छ । बैंकका आफ्ना एक्सटेन्सन काउन्टर सञ्चालन गरेका अस्पताल तथा कलेजहरुमा यो सेवा उपलब्ध हँुदै आइरहेको बैंकले जनाएको छ । विशेषगरी सिभिल अस्पताल, काठमाण्डौं र वि.पि. कोइराला क्यान्सर अस्पताल, भरतपुर, चितवनका सेवाग्राहीले यी अस्पतालको विलमा भएको भुक्तानीका लागि क्यू.आर.कोड स्क्यान गरी सहज रुपमा भुक्तानी गर्न सक्नेछन् ।

यो सेवाको विस्तार पश्चात अस्पतालमा सेवा लिन जाने सेवाग्राहीहरु नगद बोकेर लैजाने झन्झटबाट मुक्त हुनेछन् । बैंकको मोवाइल बैंकिङ सेवाको माध्यमबाट तथा फोन पे नेटवर्कमा आबद्ध विभिन्न बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले क्यू.आर. कोड स्क्यान गरी सेवाग्राहीको सेवाशुल्क सिधै अस्पतालको खातामा जम्मा गर्न सक्ने व्यवस्था रहेको छ । यस प्रकारको सेवाले अस्पताललाई नगद व्यवस्थापन गर्न सजिलो भएको छ भने हिसाव कितावमा पनि भुलचुक कमहुने, छिटोछरितो हुने र पारदर्शिता समेत रहेको अस्पतालको अनुभव रहेको छ । यसरी अस्पतालको व्यवस्थापन र सेवाग्राही दुबै बैंकको यस सेवा प्रति सन्तुष्ट रहको अस्पतालले जनाएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको ५६ औं वार्षिकोत्सवको अवसरमा बैंकले विद्युतीय कारोवारलाई प्राथमिकता दिई डिजिटल नेपाल बनाउन योगदान दिने उद्धेश्यले यस्तो योजना ल्याएको कुरा निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले जानकारी बताएका हुन् । क्यू.आर.कोडबाट भुक्तानी गर्दा ग्राहकको कारोवार पूर्ण रुपमा सुरक्षित हुने र कारोवारमा फरक परेमा हिसाव मिलान पनि सहज हुने कुरा बैंकको डिजिटल बैंकिङ विभागकका विभागीय प्रमुख गिरीराज रेग्मीले वताएका छन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्