Shikhar Insurance
National Life

निफ्राको नाफा ७२ प्रतिशतले कसरी बढ्यो ? यस्तो छ कारण

सिंहदरबार संवाददाता
२०७९ माघ ६, शुक्रबार १२:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । ठूला पूर्वाधारहरुमा लगानी गर्न भन्दै स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को नाफा ७२.७२ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्षको ६ महिनामा आफ्नो नाफा ७२.७२ प्रतिशतले बढाएर ७६ करोड पुर्याएको हो । गत आर्थिक वर्षको पहिलो ६ महिना अर्थात पुस मसान्तसम्ममा बैंकको नाफा जम्मा ४४ करोड रुपैयाँ मात्रै थियो ।

बैंकहरुले निक्षेपको ब्याजदर उच्च दरले बढाउँदाको फाइदा निफ्राले उठाएको देखिन्छ । निफ्राको ब्याज आम्दानी पुस मसान्त अवधीमा एक अर्ब ३२ करोड रुपैयाँ पुगेको छ, जुन गत पुस मसान्तमा जम्मा ८२ करोड रुपैयाँ मात्रै थियो । अर्थात निफ्राको ब्याज आम्दानी ६०.९७ प्रतिशतले वृद्धि भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निफ्राले यो पुस मसान्त अवधीसम्ममा १९ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ, जुन गत पुस मसान्त अवधीमा जम्मा ८ अर्ब १३ करोड रुपैयाँ मात्रै थियो । अर्थात निफ्राको कर्जा लगानी १४३.७८ प्रतिशतले बढेको छ ।

निफ्राको वितरण योग्य नाफा ६० करोड पुगेको छ, जुन गत पुसमा ३४ करोड रुपैयाँ मात्रै थियो । अर्थात यो एक वर्षको अवधीमा निफ्राको वितरण योग्य नाफामा पनि ७६.४७ प्रतिशतले बढेको छ ।
बैंकको प्रति सेयर आम्दानी ७.०९ रुपैयाँ छ र प्रति सेयर नेटवर्थ १०७.७३ रुपैयाँ छ ।

निफ्राको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ । बैंकले २ अर्ब २८ करोडको डिबेञ्चर जारी गरिसकेको छ । निफ्राले ५७ करोड रुपैयाँ निक्षेप पनि संकलन गरेको देखिन्छ । बैंकको रिजर्भमा एक अर्ब ६६ करोड रुपैयाँ रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्