Shikhar Insurance
National Life

टेलिकमको सेवा अवरुद्ध भएकोमा कर्मचारी चिन्तित

सिंहदरबार संवाददाता
२०७९ माघ ६, शुक्रबार ११:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमको सेवा अवरुद्ध भएका कर्मचारी संगठनहरु चिन्तित भएका छन् । टेलिकममा क्रियाशिल सबै कर्मचारी संगठनहरुले प्रबन्ध निर्देशक सुनिल पौडेलले संयुक्त ध्यानाकर्षण पत्र बुझाउँदै चिन्ता व्यक्त गरेका हुन् । माघ ३ गते १२ बजेदेखि टेलिकमका सबै सेवा अवरुद्ध भएका थिए ।

त्यसपछि पनि टेलिकमको अधिकांश सेवाहरु पूर्ण रुपमाले सञ्चालन हुन सकेका छैनन् । सञ्चालनमा रहेका सेवाहरुको पनि गुणस्तर अत्यन्तै न्युन रहेको छ । तालुकदार मन्त्रीहरुले सपथ ग्रहण गरेकै दिन सेवा अवरुद्ध हुनु गम्भिर बिषय भएको कर्मचारी संगठनहरुले बताएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘ कम्पनीका अवरुद्ध सेवाहरु हालसम्म पनि पूर्ण रुपमा चुस्त, दुरुस्त र नियमित हुन नसक्नुले कम्पनी व्यवस्थापनको कार्यशैली र कार्यक्षमता माथि गम्भीर प्रश्न खडा भएको छ । विगतमा पनि यस प्रकारका समस्याहरु आउने गरेको र त्यस्ता समस्या भविष्यमा आउन नदिन आन्तरिक रुपमा छानविन समिति गठन भै प्रतिवेदन तयार हुने तर प्रतिवेदनको कार्यान्वयन एवं दोषी उपर कारवाहीमा तदारुकता नदेखाउनुले सम्बन्धित पक्षको कम्पनीमा जिम्मेवारीबोधको कमी र दण्डहिनता बढेको हाम्रो ठहर छ ।’ उनीहरुले भनेका छन् ।

के कति कारणले सेवा अवरुद्ध भएको हो ? त्यसमा को जिम्मेवार थियो ? कम्पनीले के कति क्षति व्यहोर्यो ? भन्ने प्रश्नहरुको जवाफ पनि उनीहरुले मागेका छन् । टेलिकम सञ्चालक समितिलाई बोधार्थ गरिएको पत्रमा टेलिकमका क्रियाशिल चार वटा कर्मचारी युनियनका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्