काठमाडौं । नेपालको सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ५ हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन अर्थात बिहिबार छापावाल सुन १ लाख ४ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार शुक्रबार तेजाबी सुनको मूल्य पनि ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ४ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला २० रुपैयाँले बढेर १हजार ३ सय ७५ पुगेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँली प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा महासंघले अन्तरर्राष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य तोक्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्