काठमाडौं । सिन्धु विकास बैंकले लगानीकर्ताहरुलाई माघ २७ गते शुक्रबार १३औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको माघ ६ गते बिहिबार बेलुका बसेको संचालक समितिको ३७२औं बैठकले सभा बस्ने निर्णय गरेको हो ।
सभा होटल सारथी धुलिखेल ,काभ्रेपलाञ्चोकमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
बैंकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव छ ।
साथै, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ ।
बैंकले सभा प्रयोजनको लागि बैंकले माघ १६ गते बुक क्लोज गर्नेछ ।सोहि अनुसार माघ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनिले मात्र सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्