Shikhar Insurance
National Life

ट्राफिक प्रहरीद्वारा दुर्घटना न्यूनीकरण अभियान सञ्चालन, ट्रयाक्टरमा टल्किने स्टिकर टाँस्न

सिंहदरबार संवाददाता
२०७९ माघ ६, शुक्रबार ११:०५
Hyundai
NCELL
NIMB

लहान । रातिको समयमा हुने सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि सिरहामा ट्राफिक प्रहरीले उखु बोकेका ट्रयाक्टरको ट्रलीमा टल्किने सावधानी स्टिकर टाँस्न थालेको छ ।

ट्राफिक प्रहरीको दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत उक्त अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले बताए । “ट्रयाक्टरको ट्रलीमा बत्तीको व्यवस्था नहुँदा राति दुर्घटनाको जोखिम बढी हुन्छ । त्यसैले ट्रलीमा टल्किने स्टिकर (रिफ्लेक्टिभ) टाँस्न थालेका छौँ, उनले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चिसोमा बाक्लो हुस्सुका कारण प्रायः रातिको समयमा सवारीसाधन चलाउन कठिनाई हुने गरेको गुनासो आएपछि ट्राफिक प्रहरीले सो अभियान थालेको हो । अभियानबाट दुर्घटनामा कमी आउने श्रेष्ठ बताउँछन् । सरकारले समर्थन मूल्य कायम गरेपछि अहिले सिरहाका उखु किसान धमाधम उखु बिक्री गरिरहेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्