Shikhar Insurance
National Life

एकिकृत कारोबारपछि कुमारी बैंकको २६ करोड कित्ता सेयर नेप्सेमा सूचिकृत

सिंहदरबार संवाददाता
२०७९ माघ ५, बिहीबार १६:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । साविकको कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमटेडबीच मर्जर पछिको कुमारी बैंक लिमिटेडको सेयर नेप्सेमा सूचिकृत (माघ ५ गते) भएको छ । आजबाट कुमार बैंकको नामबाट धितोपत्रको सूचिकृत गरेको हो ।

बैंकको सेयर अंकित मूल्य १०० रुपैयाँको दरले कुल २६ करोड २२ लाख ५८ हजार ६१३ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । जसमध्ये, नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ११ करोड ५१ लाख ४६ हजार ६८१ कित्ता र कुमारी बैंकको १४ करोड ७१ लाख ११ हजार ८३२ कित्ता रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको मर्जर पछि पहिलो कारोबारका लागि नेप्सेले सेयरको ओपनिङ्ग रेन्ज १८९ रुपैयाँ ५६ पैसा तोकेको छ ।

साविकको कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमटेडबीच १ः१ को अनुपातमा मर्ज भएको थियो । नेप्सेले कम्पनीको सेयरलाई केबिएल संकेत दिएको छ ।

नेप्सेको माघ ५ गतेको निर्णय अनुसार बैंकको सेयर कुमारी बैंकको नामबाट धितोपत्र सूचिकरण गरी मर्जर प्रयोजनको लागि रोक्का रहेको उक्त बैंकको सेयर कारोबार फुकुवा गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्