काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन अर्थात बुधबार ९ अंकले घटेको सेयर बजार बिहिबार भने ५ अंकले उकालो लागेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहिबार ५.७१ अंकले बढेर २,१७८.८१ को विन्दुमा बन्द भएको छ । त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.१५ अंकले बढेर ४१५.०५ को विन्दुमा बन्द भएको हो ।
बिहिबार दिनभरीमा २४६ कम्पनीको ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर ३ अर्ब ४ करोड ४५ लाख २९ हजार रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो दिन नेप्से परिसूचक ९.०१ अंकले घट्दा ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । बिहिबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको हो ।
बिहिबार कारोबारमा आएको ८५ कम्पनीको सेयर मूल्य बढेको छ । १०८ कम्पनीको सेयर मुल्य घटेको छ भने, १४ कम्पनीको सेयर मूल्य स्थिर छ ।
नेप्सेका अनुसार आर्दश लघुवित्त वित्तीय संस्थाको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य ९.५४ प्रतिशत र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य ७.२० प्रतिशतले बढेको छ । भने कुमारी धनबृद्धि योजनाको मूल्य सबैभन्दा बढी ८.८९ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा सबैभन्दा धेरै एनआईसी एशीय बैंकको कारोबार भएको छ । बैंकको १८ करोड ४ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
त्यसैगरी, रिडी पावर कम्पनीको १२ करोड ३२ लाख २७ हजार, पिपुल्स हाइड्रो पावरको १० करोड ४० लाख ५८ हजार, अपि पावरको ९ करोड ४५ लाख ७५ हजार र नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ८२ लाख १२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्