Shikhar Insurance
National Life

नेपालगञ्ज भन्सारमा लक्ष्य अनुसार राजस्व असुली घट्दै

सिंहदरबार संवाददाता
२०७९ माघ ५, बिहीबार ११:५३
Hyundai
NCELL
NIMB

नेपालगञ्ज । एक वर्षदेखि ओरालो लागेको नेपालगञ्ज भन्सारको राजस्व असुली यस वर्षको पुस मसान्तसम्म कायमै छ ।

आर्थिक वर्ष २०७८/७९ को साउन र असोजमा मात्र लक्ष्य प्राप्त गरेको नेपालगञ्ज भन्सार कार्यालयले त्यसपछि आफ्नो निर्धारित लक्ष्य भेटाउन सकेको छैन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भन्सार राजस्व असुलीमा गत वर्ष साउनमा १३१.४८ प्रतिशत लक्ष्य रहेकामा भन्सारले चालु आर्थिक वर्षको साउनमा लक्ष्यको ७५.७१ प्रतिशत मात्रै असुली गर्न सफल भएको छ । सो कार्यालयको भन्सार राजस्व असुली चालु आर्थिक वर्षमा लक्ष्यभन्दा कम देखिएको छ ।

चालु आव २०७९र८० को साउनमा १ अर्ब ७८ करोड ५ लाख रुपैयाँ लक्ष्य पाएको भन्सारले जम्मा १ अर्ब ३५ करोड ४ लाख रुपैयाँ र भदौमा २ अर्ब २३ करोड ३६ लाख रुपैयाँ लक्ष्य पाएकामा १ अर्ब ४३ करोड ४९ लाख रुपैयाँ राजस्व असुली गरेको भन्सार अधिृत तथा सूचना अधिकारी डिल्लीप्रसाद शर्माले जानकारी दिए । यो लक्ष्यको ६४.२५ प्रतिशत हो ।

चालु आवको असोजमा भन्सार असुली घटेर लक्ष्यको ५५ प्रतिशतभन्दा कममा झरेको छ। भन्सार कार्यालयको तथ्याङ्कअनुसार, असोजमा रु २ अर्ब ३४ करोड १९ लाख राजस्व असुलीको लक्ष्य राखिएकामा १ अर्ब २८ करोड ४८ लाख ९५४.८७ प्रतिशत मात्रै राजस्व असुली भएको छ ।

मङ्सिरमा नेपालगञ्ज भन्सारले लक्ष्यको ५५.२१ प्रतिशत मात्रै लक्ष्य हासिल गरेको छ । भन्सारले दुई अर्ब ४९ करोड ५० लाख रुपैयाँ लक्ष्य पाएकामा एक अर्ब ३७ करोड ७४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको शर्माले बताए ।

पुसमा २ अर्ब ६७ करोड ६ लाख रुपैयाँ लक्ष्य निर्धारण गरिएकामा १ अर्ब ५० करोड ८० लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ । यो लक्ष्यको ५६.३० प्रतिशत हो । नेपालगञ्ज भन्सारले आव २०७८/७९ मा २५ करोड २१ लाख ६ लाख रुपैयाँ लक्ष्य पाएकामा २२ अर्ब ३१ करोड २६ लाख रुपैयाँ भन्सार राजस्व असुल गरेको थियो। यो लक्ष्यको ८८.५१ प्रतिशत हो।

चालु आव २०७९/८० का लागि अघिल्लो आव २०७८/७९ मा भन्दा ४ अर्ब रुपैयाँ बढी लक्ष्य नेपालगञ्ज भन्सारले पाएको छ । अघिल्लो आवमा २५ अर्ब रुपैयाँ राजस्व असुलीमा असफल नेपालगञ्ज भन्सारलाई थप ४ अर्ब रुपैयाँ थपेर चालु आवका लागि लक्ष्य निर्धारण गरिएको हो।

भन्सारले चालु आव २०७९/८० मा २९ अर्ब ३२ करोड ९५ रुपैयाँ लाख लक्ष्य निर्धारण गरेको हो । आव २०७८/७९ मा भन्सारले २५ करोड २१ लाख रुपैयाँ लक्ष्य पाएको थियो। सरकारको आयात र निर्यात नीतिले यसलाई प्रभावित गरेको हुनसक्ने भन्सार अधिृत शर्माको भनाइ छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्