Shikhar Insurance
National Life

९.०१ अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्ब नजिक

सिंहदरबार संवाददाता
२०७९ माघ ४, बुधबार १५:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स) बुधबार घटेर बन्द भएको छ । अघिल्लो दिन अर्थात् मंगलबार ३२ अंकले बढेको नेप्से बुधबार भने ९ अंकले घटेर बन्द भएको हो ।

बुधबार नेप्से परिसूचक ९.०१ अंकले घटेर २,१७३.१० को विन्दुमा बन्द भएको छ । त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.९३ अंकले घटेर ४१३.९० को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार दिनभरीमा २४८ कम्पनीको १ करोड ३३ लाख ४ हजार १४० कित्ता सेयर ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो दिन नेप्से परिसूचक ३२.७२ अंकले बढ्दा ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । नेप्से परिसूचक घटेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने उल्लेख्य बढेको छ ।

बुधबार कारोबारमा आएका मध्ये ८० कम्पनीको सेयर मूल्य बढेको छ । १२१ कम्पनीको सेयर मूल्य घटेको छ । भने, ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार बुधबार पिपुल्स हाइड्रो पावर कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । साथै, बाराही हाइड्रो पावर कम्पनी र हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

त्यस्तै, ग्रीन भेन्चर्सको सेयर मूल्य ९.९८ प्रतिशत र नेशनल हाइड्रो पावर कम्पनीको सेयर मूल्य ९.०६ प्रतिशतले बढेको छ । बाँकी कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा कमले बढेको छ । कारोबारमा आएको साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सेयर मूल्य सर्वाधिक ७.८९ प्रतिशत घटेको छ। त्यस्तै, सिंगटी हाइड्रो र मिथिला लघुवित्तको सेयर मूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमको आधारमा रिडी पावर कम्पनी सर्वाधिक कारोबार भएको छ । कम्पनीको सबैभन्दा बढी ३५ करोड ७८ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरी, अपि पावर कम्पनीको १९ करोड ७६ लाख २० हजार, नेशनल हाइड्रो पावर कम्पनीको १४ करोड ८८ लाख ८८ हजार, अरुण भ्याली हाइड्रो पावर कम्पनीको १२ करोड ७ लाख ४८ हजार र अपर तामाकोशी हाइड्रो पावर कम्पनीको ९ करोड ७३ लाख ३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत, विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ। भने, व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै ७.०९ प्रतिशत घटेको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्