Shikhar Insurance
National Life

तनहुँको विकास बजेट खर्च न्यून, ६ महिनामा ६.३७ प्रतिशत मात्रै खर्च

सिंहदरबार संवाददाता
२०७९ माघ ४, बुधबार १४:५७
Hyundai
NCELL
NIMB

दमौली । तनहुँमा चालू आर्थिक वर्षमा विकास बजेट खर्च न्यून देखिएको छ । चालू आर्थिक वर्ष ०७९/८० को ६ महिनाको अवधिमा तनहुँमा विकास बजेटतर्फ ६.३७ प्रतिशत मात्रै बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ ।

पूँजीगततर्फ सङ्घीय सरकारमार्फत ३ अर्ब १५ करोड १२ लाख ३८ हजार ३ सय ९० रुपैयाँ  विनियोजन भएकामा यस अवधिमा २० करोड ९ लाख १९ हजार ४ सय ६३ रुपैयाँ खर्च भएको प्रमुख कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै चालूतर्फ ३८.७६ प्रतिशत बजेट खर्च भएको छ । चालूतर्फ ८ अर्ब ३८ करोड ७४ लाख १४ हजार ७ सय ३८ रुपैयाँ विनियोजन भएकामा ४ अर्ब २७ करोड २४ लाख ६० हजार ९९ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।

प्रदेश सरकारमार्फत विनियोजित बजेटमध्ये पूँजीगततर्फ १०.५४ प्रतिशत बजेट खर्च भएको छ । छ महिनाको अवधिमा सङ्घ सरकारभन्दा प्रदेश सरकार मातहतका कार्यालयले विकास बजेट बढी खर्च गरेका छन् । पूँजीगततर्फ २ अर्ब ६० करोड तीन लाख ३१ हजार रुपैयाँ विनियोजन भएकामा  २८ करोड ३६ लाख ३५ हजार ६ सय १३ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।

त्यस्तै, चालूतर्फ  ८२ करोड ७१ लाख ३ हजार ६७ रुपैयाँ विनियोजन भएकामा १२.३१ प्रतिशत बजेट खर्च भएको छ । योजना छनोट गरेर लागू गरेपछि बोलपत्र प्रक्रिया हुने, बोलपत्र प्रक्रिया पूरा भएर काम सुरु गर्दा सुरुका केही महिनामा काम ढिला हुने गरेकाले कम खर्च देखिने बताइएको छ । अन्य महिनामा भन्दा असार महिनामा धेरै बजेट खर्च हुने गरेको भट्टराईको भनाइ छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्