Shikhar Insurance
National Life

युनियन लाइफ इन्सुरेन्सले बोलायो साधारण सभा, कुन-कुन प्रस्ताव पेश हुँदैछ ?

सिंहदरबार संवाददाता
२०७९ माघ ४, बुधबार ११:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । युनियन लाइफ इन्सुरेन्सले माघ २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले सेयरधनीलाई ८.९७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै, यस कम्पनीको सेयर संरचना ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण समूहतर्फ परिवर्तन गरी संस्थापक र सर्वसाधारण सेयर अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि रहेको छ । हाल यस इन्सुरेन्सको उक्त सेयर अनुपात ७०ः३० रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभाले गुँरास र प्राइम लाइफसँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौतापत्रको मस्यौदा पनि स्वीकृत गर्नेछ । सभामा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १६ गते बुक क्लोज गर्ने भएको छ । सोहि अनुसार माघ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । हाल युनियन लाइफ इन्सुरेन्स मर्जर प्रक्रियामा रहेकाले यसको सेयर कारोबार रोक्का रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्