Shikhar Insurance
National Life

मितेरी डेभलपमेन्ट बैंकको ४३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०७९ माघ ४, बुधबार ११:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको ४३ हजार संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी विराज ठक्करको नाममा रहेको ४३ हजार १२३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिद गर्न इच्छुक संस्थापकले बुधबार (माघ ४ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ, घरान १२, सुनसरी वा यस कम्पनीको सेयर रजिष्ट्रार प्रभु क्यापिटल कमलादी, काठमाडौंमा आवेदन दिन पर्नेछ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकले आफूले के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन पर्नेछ ।

सो सेयर खरिदका लागि तोकिएको मितिभित्र विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्