Shikhar Insurance
National Life

रिडी पावर कम्पनीले ४०% बोनस सेयर वितरण पश्चात ५०% हकप्रद सेयर निष्काशन गर्ने

सिंहदरबार संवाददाता
२०७९ माघ ४, बुधबार ११:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीको बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले ४० प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको प्रस्ताव विद्युत नियमन आयोगमा अनुमतिका लागि पेश गरिने कम्पनीले जानकारी गराएको छ । आयोगले स्वीकृति दिएमा उक्त हकप्रद प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले वार्षिक साधारण सभा माघ २९ गते आइतबार बस्ने निर्णय गरेको छ ।

सो प्रस्ताव सभाबाट अनुमोदन भएपछि नेपाल धितोपत्र बोर्डमा अन्तिम स्वीकृतिका लागि पेश गरिने छ । बोर्डबाट उक्त हकप्रद सेयर जारी गर्ने स्वीकृती प्राप्त भएपश्चात कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ४० प्रतिशत अर्थात ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

कम्पनीले २० मेगावाट क्षमताको तल्लो बलेफिखोला जलविद्युत आयोजना निर्माणका लागि स्वःपुँजी व्यवस्थापन गर्न बोनस सेयरपछि हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले आगामी वार्षिक साधारण सभाका लागि माघ १८ बुक क्लोज गर्ने निर्णय पनि गरेको छ । सोहि अनुसार माघ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित बोनस सेयर प्राप्त गर्न सक्नेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्