Shikhar Insurance
National Life

मायाखोलाले १९ करोडको आईपीओ माघ १३ देखि निष्काशन गर्ने

सिंहदरबार संवाददाता
२०७९ माघ ४, बुधबार १०:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १३ गतेदेखि आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले जारी पूँजीको १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रुपैयाँ बरारबको ३४ लाख कित्ता सेयर आईपीओ निष्काशनका लागि छुट्याएकोमा सोको १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ४० हजार कित्ता सेयर जारी गरिसकेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सामुहिक लगानी कोषका लागि १ लाख २० हजार कित्ता र कर्मचारीहरुका लागि ४८ हजार कित्ता सेयर छुट्याएको छ। बाँकी १९ लाख ९२ हजार कित्ता सेयर भने सर्वसाधारणका लागि जारी गरेको हो ।

कम्पनीको सेयरमा लगानीकर्ताले  न्युनतम १० देखि अधितम एक लाख कित्तासम्म सेयर भर्न सकिने छ । कम्पनीको सेयरमा लगानीकर्ताले  माघ १७ गतेसम्म आवेदन दिन सकिन्छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्