Shikhar Insurance
National Life

सस्तियो सुनको मूल्य, आज कतिमा हुँदै कारोबार ?

सिंहदरबार संवाददाता
२०७९ माघ ३, मंगलवार ११:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । विगत ४ दिनदेखि निरन्तर उकालो लागेको सुनको मूल्य मंगलबार भने १०० रुपैयाँले घटेको हो।

मंगलबार छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ५ हजार १ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार छापावाल सुन १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तेजावी सुन पनि प्रतितोला १०० रुपैयाँ घटेको छ। यस दिन तेजाबी सुनको मूल्य १ लाख ४ हजार ६०० रुपैयाँ रहेको छ। अघिल्लो दिन तेजावी सुन १ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। अघिल्लो दिन १ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन प्रतितोला १० रुपैयाँ घटेर १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपालमा महासंघले अन्तरराष्ट्रिय बजार मुल्यको आधारमा सुनचाँदीको मुल्य निर्धारण गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्