काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले माघ ३ गतेदेखि १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशनगर्ने भनेको थियो । सोमध्ये १० प्रतिशतले हुने १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । यस्तै ५ प्रतिशतले हुने ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिसकेको छ ।
यस्तै २ प्रतिशतले हुने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९ सय ९० कित्तासम्मका लागि आवेदन दिन सकिन्छ । आईपीओको निष्कासन माघ ६ गते बन्द हुनेछ । आईपीओलाई ‘‘केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग’ प्राप्त छ ।
प्रतिक्रिया दिनुहोस्