काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।
बालकोटस्थित ओली निवासमा आइतबार बिहान १०ः२० बजे पुगेका प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच वर्तमान राजनीतिक परिवेश र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो ।
पुस २६ मा प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् बिस्तारको गृहकार्यमा छन् । आइतबार साँझ पनि उनीहरुबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।
सोमबारको भेटमा ओली–प्रचण्डबीच मन्त्रिपरिषद् बिस्तार, राष्ट्रपति र सभामुख निर्वाचनलगायत विषयमा छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ । आउँदो बुधबार हुने सभामुख निर्वाचन नजिकिएसँगै भेटवार्ता पनि बाक्लिएको देखिएको छ ।
नेपाली काँग्रेसले प्रचण्डलाई विश्वासको मत दिएपछि ओली झस्किएका छन् । उनै ओलीलाई फकाउन प्रचण्ड बालकोट धाईरहेका हुन् ।
प्रतिक्रिया दिनुहोस्