Shikhar Insurance

दुर्घटनाग्रस्त विमानको बीमा हिमालयन एभरेष्टमा, यात्रुको २० हजार डलरको बीमा

सिंहदरबार संवाददाता
२०७९ माघ १, आईतवार १३:२७
NIMB
Nabil Bank

काठमाडौं । पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको एटिआर विमानमा क्षतिमूल्याङ्कनका लागि सिङ्गापुरबाट सर्भेयर झिकाइएको छ । आइतबार बिहान काठमाडौंबाट पोखरा उडेको सो विमानमा चालकदलका ४ जना सहित ७२ जना सवार थिए । उनीहरुको बीमा हिमालयन एभरेष्ट इन्स्योरेन्समा हवाई बीमा गरिएको थियो ।
विमान दुर्घटना भएसँगै क्षतिमूल्याङ्कन गर्न सिङ्गापुरबाट सर्भेयर झिकाइएको नेपाल बीमा प्रधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘हिमालन एभरेष्टमा यति एयरलाइन्सको हवाइ बीमा गरिएको रहेछ, क्षतिमूल्याङ्कन गर्न सिङ्गापुरबाट सर्भेयर बोलाइसकेका छौं,’ कार्यकारी निर्देशक पौडेलले सिंहदरबारसँग भने, ‘उताबाट सर्भेयर हिडिसक्यो, एक यात्रुको २० हजार डलर बराबरको हवाई बीमा गरिएको छ ।’

Citizen Life
Kumar Bank

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले पुनर्बीमा कम्पनी मार्फत प्राधिकरणसँग समन्वय गरी सिङ्गापुरबाटै सर्भेयर मगाएको उनले जानकारी दिए । दुर्घटनामा ज्यान गुमाउने यात्रुको मृतकले २० हजार डलर अर्थात् आजको विदेशी विनियम मुद्रा सटही दर अनुसार २६ लाख रुपैयाँ पाउने उनले जानकारी दिए । दुर्घटनाग्रस्त सो विमानमा चालकदलका ४ जना सहित ७२ जना सवार थिए । यात्रुहरुको प्रतिव्यक्ति २० हजार डलर र चालक दलका सदस्यहरुको प्रतिव्यक्ति ४० हजार डलरको दुर्घटना बीमा गरिएको हुन्छ ।
चालक दलको ४० हजार डलरले एक जनाको ५२ लाख १७ हजार रुपैयाँ हुन्छ भने ४ जनाको २ करोड ८ लाख ६८ हजार रुपैयाँ हुन्छ । यस्तै, यात्रुहरुको २० हजार डलरले एक जनाको २६ लाख ८ हजार रुपैयाँको दरले ६८ जनाको १७ करोड ७३ लाख ८४ हजार रुपैयाँ हुन्छ । जसअनुसार हिमालयन एभरेष्टको हवाइ बीमा दावी भुक्तानीमा १९ करोड ८२ लाख ५३ हजार रुपैयाँ खर्च हुने सम्भावना छ ।
चालक दलमा २ जना पाइलट र २ जना महिला एयर होस्टेज थिए भने बाँकी ६८ जना यात्रु रहेका थिए । यात्रुहरुमा ४१ जना पुरुष र २७ जना महिला रहेका थिए ।

यतिको एटिआर विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो ।

विमान विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बिचमा रहेको सेती किनारामा दुर्घटना भएको थियो । दुर्घटनाग्रस्त सो विमानबाट प्रहरी र उद्धार टोलीले अहिलेसम्म ३२ जनाको शव निकालिसकिएको छ।
नेपालमा व्यवसायिक हवाई उडान सुरु भएदेखि नै यात्रुको बीमा रकम २० हजार अमेरिकी डलर थियो । नेपालमा व्यवसायिक उडान सुरु भएको ५५ वर्षदेखि नै आन्तरिक उडानमा हुने दुर्घटनाको बीमाशुल्क २० हजार अमेरिकी डलरबाट बढ्न सकेको छैन ।

यात्रुहरूकाे नामावाली

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्