Shikhar Insurance

पोखरामा यति एयरको विमान दुर्घटना

सिंहदरबार संवाददाता
२०७९ माघ १, आईतवार ११:३०
NIMB
Nabil Bank

पोखरा । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको यतिको एटिआर विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो ।

पोखरा । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको यतिको एटिआर विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि पोखरा विमानस्थलबाट नजिकै दुर्घटना भएको हो ।

Citizen Life
Kumar Bank

प्राप्त समाचार अनुसार ७२ यात्रु क्षमताको यतिको एटीआर विमान विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बिचमा रहेको सेती किनारामा दुर्घटना भएको  हाे । विमानमा यात्रु संख्या ६८ र चालकदलका ४ जना रहेका थिए । उद्धार कार्य जारी रहेको  र  कति क्षति भएको छ भन्नेबारे यकिन भइसकेको छैन । अहिले घटनास्थलतर्फ हेलिकोप्टरमा उद्धार टोली जाँदै गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्