Shikhar Insurance
National Life

भुसाललाई एकिकृत समाजवादीमा सचिवालय सदस्यको जिम्मेबारी, भिम रावल पनि आउँदै

सिंहदरबार संवाददाता
२०७९ पुष ३०, शनिबार २०:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले नेता घनश्याम भुसाललाई सचिवालय सदस्यको जिम्मेबारी प्रदान गर्ने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको बैठकले नेता भुसाललाई सो पदमा मनोनयन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सचिवालयको उक्त निर्णयलार्ई आजै बसेको स्थायी कमिटी बैठकले पनि अनुमोदन गरेको छ । नेता भुसालले यही पुस २९ गते स्वघोषणा गरी उक्त पार्टीमा आवद्ध भएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको अभियानमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेकपा (एमाले)को उपमहासचिवमा निर्वाचित भई पार्टीका विभिन्न तहमा नीति निर्माणमा जिम्मेवारी समेत निर्वाह गरेका नेता भुसाल पूँजीवाद र समाजवादको विश्लेषक, तथा कम्युनिष्ट पार्टीमा बौद्धिक छवि बनाएका विचारकका रुपमा स्थापित छन् । गत मंसिर ४ मा भएको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, वाम एकताका क्रममा अहिलेसम्म भएका प्रगतिको समीक्षा गरिएको थियो ।
पार्टीले नेपाली कम्युनिष्ट आन्दोलनलाई बलियो शक्तिका रुपमा विकास गर्ने उद्देश्यले समाजवादी कार्यदिशा अँगालेका व्यक्ति, विभिन्न कम्युनिष्ट समूह तथा दललाई एकताबद्ध गर्न सम्बन्धित पक्षसँग वार्ता गरिरहेको छ ।

एमाले नेता भिम रावल पनि एकिकृत समाजवादी पार्टीमा आउने स्रोतले बतायो । उनी निरन्तर नेताहरुसँग सम्वादमा रहेको एकिकृत समाजवादी स्रोतले बतायो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्