Shikhar Insurance
National Life

सोलार फार्म लिमिटेडले २० करोडको आईपीओ जारी गर्ने, कुमारी क्यापिटल बन्यो बिक्रि प्रबन्धक

सिंहदरबार संवाददाता
२०७९ पुष २९, शुक्रबार १८:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । सोलार फार्म लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको २० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुलाई सो सेयर निष्काशन गर्न लागेको हो ।

आईपीओ निष्काशनका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सम्झौता—पत्रमा सोलार फार्म लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष आष बहादुर गुरुङ्ग (मोहन) तथा कुमारी क्यापिटलका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोलार फार्म लिमिटेडको अधिकृत पूँजी ६५ करोड रूपैयाँ, जारी पूँजी ६५ करोड रूपैयाँ, र चुक्ता पूँजी ४५ करोड रूपैयाँ रहेको छ । नेपालको पहिलो सोलरबाट बिद्युत उत्पादन गर्ने संस्थाको रुपमा सन् २०१७ मा स्थापित सोलार फार्मले ५ मेगा वाट क्षमताको सोलार बाट बिद्युत उत्पादन सन् २०२१ सेप्टेम्बर १४ देखि व्यवसायिक उत्पादन गरिरहेको छ । यो आयोजना तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका बडा नं.५ बेल चौतारामा अवस्थित छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्