काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको वासलात एवं आ.व. २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित गरेको छ ।
केन्द्रिय कार्यालय सहित २७ शाखाहरु रहेको यस फाइनान्सको २०७९ साल मंङ्गसिर मसान्तसम्म १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले १२.४६ अर्ब निक्षेप संकलन गरि ११.५० अर्ब कर्जा परिचालन गरेको छ ।
साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, अनलाईन खाता र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्