Shikhar Insurance
National Life

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रगति समीक्षा

सिंहदरबार संवाददाता
२०७९ पुष २९, शुक्रबार १४:४७
Hyundai
NCELL
NIMB

कलैया । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाइद्वारा स्थानीय तहमार्फत सञ्चालित पाकेट विकास कार्यक्रमका समीक्षा गरिएको छ ।

परियोजना कार्यान्वयन एकाइका प्रमुख हेमचन्द्र जयसवालले आर्थिक वर्ष २०७९/८० मा सञ्चालित विभिन्न परियोजनाको कार्यक्रमअन्तर्गत समूहगतरूपमा रहेका कृषकलाई ब्लक, पाकेट, जोन र सुपरजोन कार्यक्रमका लागि ५० प्रतिशत प्रगतिअनुसार अनुदानस्वरुप ७ करोड २ लाख र पाकेटतर्फ ४ करोड ३० लाख रुपैयाँ बजेट आएको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत राजनारायणप्रसाद साहले स्थानीय तहका कृषि प्राविधिकहरुले कार्यक्रमलाई निरन्तरता दिन र कृषकहरुको समस्या समाधानका लागि अघि बढन आग्रह गरे । कार्यक्रममा सहभागी १६ स्थानीय तहका कृषि प्राविधिकलाई कार्यक्रम सञ्चालनमा परिआउने समस्या समाधान गरी निरन्तरता दिन उनले आग्रह गरे । कार्यक्रममा कृषि प्राविधिक तथा सञ्चारकर्मीहरुको सभागिता थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्