Shikhar Insurance
National Life

शोधनान्तर स्थिति पौने ६ अर्ब बचतमा हुँदा ३८ अर्ब घाटामा

सिंहदरबार संवाददाता
२०७९ पुष २९, शुक्रबार १५:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । देशको शोधनान्तर स्थिति पौने ६ खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको देशको शोधनान्तर स्थिति ५ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको हो ।

शोधनान्तर स्थिति भनेको कुनै पनि एक देशले विश्वका अन्य देशकसँग गरेको मौद्रिक कारोबारको स्थिति हो ।
गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको विदेशी विनिमय सञ्चिति ५ महिना अवधिमा ६.३ प्रतिशतले बढेर मङ्सिर मसान्तसम्ममा १२ खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु आर्थिक वर्ष २०७९ को मङ्सिर मसान्तसम्म चालु खाता घाटा करिब ३८ अर्ब रुपैयाँ पुगेको छ । यही अवधिमा शोधनान्तर स्थिति भने बचतमा देखिएको छ ।

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो ५ महिनामा चालु खाता ३७ अर्ब ९१ करोडले घाटामा छ । गत आवको समीक्षा अवधिमा चालु खाता २ खर्ब ९८ अर्ब ५१ करोड रुपैयाँले घाटामा थियो ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.३ प्रतिशतले कमी आई ३ अर्ब ४७ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ६४ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।

गत मङ्सिर मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्