Shikhar Insurance

डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा

सिंहदरबार संवाददाता
२०७९ पुष २९, शुक्रबार १३:४७
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकको अनुभव अभिवृद्धि गर्न र भौतिक रुपमा शाखामा जाँदा हुने झन्झट कम गर्न, सिटिजन्स स्मार्ट एपबाट सिधै मुद्दती निक्षेप खाता खोल्ने नयाँ सुविधा ल्याएको छ , जहाँ ग्राहकहरूले विभिन्न मुद्दती निक्षेप योजनाहरू, अवधि र इच्छित रकम चयन गर्न सक्नेछन् । फिक्स्ड डिपोजिट रकमको न्यूनतम सीमा रु १० हजार र अधिकतम रकम ५० लाख मा सेट गरिएको छ ।

त्यसैगरी, सिटिजन्स स्मार्ट एपबाट मुद्दती निक्षेप अनुरोध सुविधा पनि ल्याईएको छं जसमा मुद्दती निक्षेप खाता भएका ग्राहकहरूले मुद्दती निक्षेप रकमको ९० प्रतिशतसम्म मुद्दती निक्षेप खातामा ऋणको लागि अनुरोध गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank

यसबाहेक, शाखामा आउने ग्राहकहरूको अमूल्य समयलाई कम गर्न बैंकको कर्पोरेट कार्यालयमा रहेको सेल्फ(सर्भिस प्रणालीबाट मुद्दती निक्षेप खोल्ने सुविधा पनि ल्याईएको छ । साथै सिटिजन्स बैंकले सिटिजन्स स्मार्ट एप मार्फत बैंकका सबै शाखाबाट डिजिटल काउन्टर ९क्यूआर कोड स्क्यान० मार्फत नगद झिक्ने, बैंकका सबै एटिएमबाट कार्डलेस सर्भिस, ई–नगद र इ–भाउचर जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ । त्यस्तै, डेबिट कार्ड रिक्वेस्ट, ब्लक, रिफ्रेस पिन, रि–पिन, मेरोशेयर रिक्वेस्ट र क्यूआर मर्चेन्ट रिक्वेस्ट जस्ता ग्राहक सेवासँग सम्बन्धित सेवाहरू पनि उपलब्ध गराउँदै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८१ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३३ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख २१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्