Shikhar Insurance
National Life

२३ प्रतिशतले बढ्यो रेमिटेन्स, अर्थतन्त्रका अरु सूचक कस्ता ?

सिंहदरबार संवाददाता
२०७९ पुष २९, शुक्रबार १३:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा रेमिटेन्स २३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्ममा ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ बराबरको रेमिटेन्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको मंसिर मसान्त अवधीमा त्यस्तो रेमिटेन्स ६.३ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो । मंसिरसम्ममा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई ५३० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो अवधीमा शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १९५ अर्ब १ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको छ ।

विदेशी मुद्राको सञ्चिति पनि ६.३ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.३ प्रतिशतले वृद्धि भई २०७९ मंसिर मसान्तमा १२९२ अर्ब ५६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ मंसिर मसान्तमा ३.० प्रतिशतले वृद्धि भई ९ अर्ब ८२ करोड कायम भएको छ ।

सरकारी ढुकुटीमा एक खर्ब ८२ अर्ब मात्रै

२०७९ मंसिर मसान्तसम्ममा नेपाल सरकारको ढुकुटीमा १८२ अर्ब ४३ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०७९ असार मसान्तमा यस्तो मौज्दात २२७ अर्ब ६९ करोड रहेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्