काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
संस्थाको पुस २८ गते बसेको सञ्चालक समिति बैठकले सो लाभांश वितरणको प्रस्ताव गरेको हो । जसमा गत आवको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनश सेयर र सोको कर प्रयोजनार्थ ०.७८९४ प्रतिशत नगद लाभांश गर्ने प्रस्ताव गरिएको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
प्रतिक्रिया दिनुहोस्